April 05, 2026 1 मिनेट पढाइ

थप बजेट

N

nabin

लेखक (Author)

चालु आ.ब. को बजेट तयारीका चरणमा उक्त खरिद सम्झौताहरु मुल्यांकनको चरणमा रहेकोले सोका लागि आवश्यक पर्ने रकम यकिन हुन सक्ने अवस्था नरहेको । चालु आ.व. मा विगतको राहदानी खरिदको ठेक्काको भुक्तानी तथा नयाँ ठेक्काको ठुलो मात्रामा भुक्तानी हुने भएकोले विनियोजित बजेटमा दोहोरो चाप परेको अवस्था । साथै विनिमयदरमा भएको परिवर्तनले समेत विदेशी मुद्रामा हुने भुक्तानी बढाएको तथा नयाँ खरिद सम्झौता बमोजिम राहदानी प्रणाली सञ्चालन गर्न विदेशबाट ठुलो मात्रामा यस सँग समन्बन्धित यन्त्र, उपकरण तथा सफ्टवेयरहरू आयात गर्नु पर्ने हुदा सो को भन्सार अन्त शुल्क तथा कर दायित्वले समेत विनियोजित बजेटमा थप चाप परि अपुग हुने अवस्था रहेको। भन्सार विन्दुमा आइपुगेको मालसामान कर लगायतको प्रकृयाले विभागमा आइपुग्न र जडान गर्न ढिलाइ भएमा समग्र राहदानी छपाइको समयतालिकामा असर गर्ने भएकोले यो अति नै संवेदनशिल समेत रहेको व्यहोरा अनुरोध छ ।