गुनासो, उजुरी तथा कालोसुची सम्बन्धी विषयहरु विश्लेषणात्मक ज्ञान जमानत

सार्वजनिक खरिद पुनरावलोकन समिति समक्ष उजुरी गर्दा राख्ने जमानत के हो (Application for Review) यो किन, कति रकम र म्यादको हुनुपर्छ ?

April 16, 2026


सार्वजनिक खरिद नियमावली २०६४ को नियम १०४ बमोजिम सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गर्न निवेदकले बोलपत्र वा प्रस्तावमा आफुले कबोल गरेको रकमको १ प्रतिशतले हुन आउने रकम बराबरको नगद रकम वा कम्तिमा ९० दिन मान्य अवधि भएको बैंक जमानत पेश गर्नुपर्छ ।  पुर्वयोग्यता वा प्रावधिक प्रस्ताव जस्ता मुल्य नखुल्ने प्रकृतिका प्रस्तावको मुल्यांकन उपर पुनरावलोकन समिति समक्ष निवेदन दिनु पर्दा पुर्वयोग्यता प्रस्तावको हकमा तोकिएको एकमुष्ठ रकम र प्राविधिक प्रस्तावको हकमा बोलपत्र जमानतको दश प्रतिशतले हुने रकम बराबर जमानत राख्नुपर्छ । 

सार्वजनिक निकायको खरिद कारबाही वा निर्णयमा चित्त नबुझी सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन दिँदा, उजुरीकर्ताले आधारहीन, झुट्टा वा प्रक्रिया लम्ब्याउने नियतले उजुरी नदियोस् भनी सुनिश्चित गर्न यो जमानत को व्यवस्था गरिएको हो । यस्तो जमानत पेश नभएमा पुनरावलोकन समितिले आफु समक्ष परेको निवेदन उपर कारवाही गर्ने छैन ।