सम्झौताको विवरण (Contract Records) कसरी अपडेट गर्ने म्यानुअल (Manual)
सार्वजनिकखरिद ऐन २०६३ को दफा ६० ले खरिद सम्झौताको तोकिएबमोजिम सार्वजनिक सुचना गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १३७ मा तोकिएबमोजिम सम्बन्धित सार्वजनिक निकायले खरिद सम्झौता गरेको तीन दिनभित्र देहायको लागत अनुमान भएको खरिदको सम्बन्धमा सम्झौताको नाम, ठेगाना, सम्झौता बमोजिमको कार्य, उद्देश्य, रकम, अवधि लगायत अन्य आवश्यक विवरणसहितको सुचना सार्वजनिक खरिद अनुगमन कार्यालयको विधुतीय खरिद प्रणालीमा राख्नुपर्नेछ भनि तोकेको छ ।
देहाय
क. बीस लाख रुपैया भन्दा बढीको अन्य सेवा र मालसामान
ख. बीस लाख रुपैया भन्दा बढीको परामर्श सेवा
ग. दुई करोड रुपैया भन्दा बढीको सार्वजनिक निर्माण
साथै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६५ को उपनियम ४भ१ तथा ४घ२ बमोजिम निर्माण व्यावसायीले एकल वा संयुक्त उपक्रमको रुपमा पाँच वटा खरिद सम्झौता गरी सो सम्झौता बमोजिम कार्य सम्पन्न गर्न बाँकि रहेका निर्माण व्यावसायीले खुला बोलपत्र प्रकृयामा एकल वा संयुक्त उपक्रमको रुपमा भाग लिन पाउने छैन भन्ने व्यवस्था रहेको छ । खरिद अनुगमन कार्यालयको प्रणालीमा सवै खरिद सम्झौताको विवरण सार्वजनिक निकायहरुले अध्यावधिक गराएमा मात्र पाँच भन्दा बढी खरिद सम्झौता गर्न नमिल्ने प्रावधान कार्यान्वयन संभव हुने भएकोले समेत Contract Record अध्यावधिक गर्न जरुरी छ ।
ऐन तथा नियमावलीमा तोकिए बमोजिम अनिवार्य रुपमा गर्नैपर्ने यो काम कसरी गर्ने भन्ने थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस ।
https://egsewa.com/media/admin_documents/contractrecords_mao6umm.pdf