नमुना बोलपत्र सम्बन्धी कागजातको परिचय
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६४ ले सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत रहने गरि सार्वजनिक खरिद अनुगमन कार्यालयको स्थापना गरेको छ । सोहि ऐनको दफा ६५ ले उक्त कार्यालयको काम कर्तव्य र अधिकारहरु तोकेको छ । जसमध्य एउटा प्रमुख काम खरिद कारवाही सञ्चालन गर्न प्रयोग गर्नुपर्ने निम्न कागजात स्वीकृत गर्ने काम सार्वजनिक खरिद अनुगमन कार्यालयको रहेको छ ।
- बोलपत्र सम्बन्धी कागजात ( Standard Bidding Document)
- पूर्वयोग्यता सम्बन्धी कागजात (Standard Prequalification Document)
- खरिद सम्झौता सम्बन्धी कागजात (Standard Contract Document)
- प्रस्ताव माग गर्ने सम्बन्धी कागजात (Request for Proposal)
सार्वजनिक निकायले खरिद कारवाही गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले तयारी गरी स्वीकृत गरेका नमुना कागजातहरु सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटबाट डाउनलोड गरेर सो मा आवश्यक स्थानमा मात्र परिमार्जन गरी खरिदको प्रकृया गर्नुपर्छ । यि नमुना कागजातहरु खरिद तथा कानुनका विज्ञहरुले लामो छलफलपछी तयार गरेको हुन्छन । कार्यालयले नमुना कागजातका आधारमा आफ्नो खरिदको बोलपत्र सम्बन्धी कागजात तयार गर्दा निश्चित नियमको परिधिमा रहेर मात्र परिमार्जन गरि तयारी गर्नुपर्छ । यिनमा जथाभावि रुपमा कार्यालयले परिमार्जन गर्न हुदैन । जथाभावि शर्त थपघट गर्नाले खरिद प्रकृयामा जटिलता तथा विभिन्न समस्या ल्याउने जोखिम हुन्छ ।
नमुना बोलपत्र सम्बन्धी कागजातहरु हेर्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको "वेभसाइट" www.ppmo.gov.np मा एसबीडी खण्डमा गएर हेर्न सक्नुहुन्छ ।
नमुना बोलपत्र सम्बन्धी कागजातको तयारि सम्बन्धी नियम थप जानकारिका लागि यहाँ क्लीक गर्नुहोस ।