नमुना बोलपत्र सम्बन्धि कागजात अपडेट सम्बन्धि जानकारिहरु PPMO को प्रेस विज्ञप्तिहरु समेत
सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति: २०८३।०५।१८ मा सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन तथा सार्वजनिक खरिद नियमावली, २०६४ को सोह्रौं संशोधन बमोजिम निर्माण कार्य खरिदसँग सम्बन्धित निर्माण कार्य खरिदसँग सम्बन्धित तीनवटा नमुना बोलपत्र सम्बन्धी कागजात अध्यावधिक गरेको प्रेश विज्ञप्ती निकालेको छ ।
मिति: २०८३।०५।१८ को प्रेश विज्ञप्ती हेर्न यहाँ क्लीक गर्नुहोस ।
मिति: २०८३।०५।२५ मा सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन तथा सार्वजनिक खरिद नियमावली, २०६४ को सोह्रौं संशोधन बमोजिम एउटा नमुना बोलपत्र सम्बन्धी कागजात अध्यावधिक गरेको प्रेश विज्ञप्ती निकालेको छ । यसमा अन्तराष्ट्रिय स्तरको निर्माण कार्य खरिदको बोलपत्रको नमुना कागजात रहेको छ ।
मिति २०८३।०५।२५ को प्रेश विज्ञप्ति हेर्न यहाँ क्लीक गर्नुहोस ।
मिति: २०८३/०५/२९ मा अर्को विज्ञप्ती जारी गर्दै दुईवटा नमुना बोलपत्र सम्बन्धि कागजातहरु अध्यावधिक भएको जानकारी दिएको छ । यसमा दुवै राष्ट्रिय स्तरको बोलपत्र मार्फत मालसामान खरिद को बोलपत्रका नमुना बोलपत्र सम्बन्धी कागजातहरु रहेका छन ।
मिति २०८३।०५।२९ को प्रेश विज्ञप्ती हेर्न यहाँ क्लीक गर्नुहोस ।
मिति २०८३/०६/०२ मा अर्को प्रेश विज्ञप्ति जारी गर्दै थप छ वटा नमुना बोलपत्र तथा प्रस्ताव सम्बन्धी कागजातहरु अध्यावधिक गरेको जानकारी दिएको छ । यसमा मालसामानको अन्तराष्ट्रिय स्तरको बोलपत्रको कागजात, निर्माण कार्यको अन्तराष्ट्रिय स्तरको बोलपत्रको कागजात , परामर्श सेवाको प्रस्ता सम्बन्धि कागजातहरु ( Lump-sum and Time Based) तथा निर्माण कार्यको सिलबन्दी दरभाउपत्रको कागजात रहेका छन । यो अपडेटले मिति २०८५।०५।२५ मा जारी भएको अन्तराष्ट्रिय स्तरको निर्माण कार्यको नमुना कागजातमा समेत पुन अपडेट गरिएको देखिएको छ ।
मिति २०८३।०६।०२ को प्रेश विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस ।
हालसम्म जारी तथा अध्यावधीक भएका ११ एघार वटा नमुना कागजातहरु मध्ये
- निर्माण कार्य खरिदका नमुना कागजात ५ प्रकारका रहेका ।
- मालसमान खरिदको नमुना कागजात ४ प्रकारको रहेका ।
- परामर्श सेवा खरिदको नमुना कागजात २ प्रकारको रहेका ।
- अन्य सेवा खरिदको नमुना कागजता जारी भएको छैन ।
यि कागजातहरुको सुची हेर्न र डाउनलोड गर्ने लिंकमा जान यहाँ क्लीक गर्नुहोस ।