सम्झौता व्यवस्थापन (Contract Management) विश्लेषणात्मक ज्ञान जमानत

धरौटी रकम प्रतिस्थापन जमानत (Retention Money Guarantee) के हो , किन राखिन्छ, कति रकम र समयको हुनुपर्छ ?

April 16, 2026

सार्वजनिक निर्माणका रनिङ बिलहरुबाट काटिएको पाँच प्रतिशत (५%) धरौटी (Retention Money)  ,  निर्माण व्यावसायीले बैंक जमानतको आधारमा भुक्तानी पाउने व्यवस्था सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२४ २क१ मा रहेको छ । निर्माण कार्यको कम्तिमा ८० प्रतिशत काम सम्पन्न गरेको, सम्झौता बमोजिमको कार्य सन्तोषजनक रुपमा भई चालु अवस्थामा रहेको र निर्धारित समयमा काम सम्पन्न हुने शुनिश्चित भएको खरिद सम्झौताको हकमा  यसरी बैंक जमानत लिइ रिटेन्सन मनी फिर्ता दिन सकिन्छ । यसरी रिटेन्सन मनी फिर्ताको लागि पेश गरिने बैंक जमानतको म्याद त्रुटि सच्याउने अवधि भन्दा कम्तिमा एक महिना बढी अवधिको हुनुपर्छ ।