कति रकम सम्मको खरिद सोझै खरिद गर्न मिल्छ ?
सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ मा सोझै खरिदको व्यवस्था रहेको छ । सो बमोजिम तोकिएको अवस्थामा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ मा तोकिएबमोजिम निम्म प्रकारको खरिदमा निम्न रकम सम्मको सोझै खरिद गर्न सकिने व्यवस्था छ ।
| खरिद | सोझै खरिदको सिमा |
| मालसामान | १० लाख रुपैया सम्म लाग अनुमान भएको । |
| निर्माण कार्य | १० लाख रुपैया सम्म लाग अनुमान भएको । |
| परामर्श सेवा तथा अन्या सेवा | ५ लाख रुपैया सम्म लाग अनुमान भएको । |
| औषधिजन्य मालसामान | २५ लाख रुपैया सम्म लाग अनुमान भएको । |
| स्वदेशी घरेलु उद्योगबाट उत्पादित | २५ लाख रुपैया सम्म लाग अनुमान भएको मालसामान त्यस्तो उद्योगसँग सोझै । |
सोझै खरिदका अन्य अवस्थाहरु समेत छन । तर बोलिचालिमा सोझै खरिद भनिएपनि उपरोक्त बमोजिमका कुनै पनि खरिद पुर्ण रुपमा सोझै गर्ने कानुनी व्यवस्था छैन । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम ४ बमोजिम एक लाख रुपैया भन्दा बढी रकमको सोझै खरिद गर्दा मौजुदा सुचीमा रहेका कम्तिमा ३ वटा आपुर्तीकर्ता निर्माण व्यावसायी परामर्शदाता वा सेवा प्रदायकबाट लिखित रुपमा दरभाउपत्र वा प्रस्ताव माग गरि खरिद गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोले माथि उल्लेखित खरिदका विषय पुर्ण रुपमा सोझै खरिद नभएर सिमित प्रतिस्पर्धा (Limited Competition) का विधि हुन भन्न सकिन्छ ।