लागत अनुमान तयारी तथा स्वीकृती
लेख रचना
PPMO
मालसामानको लागत अनुमान तयार गर्दा ध्यान दिनुपर्ने विषय
August 15, 2026
विगतमा लागत अनुमान केहि फरम परे पनि न्युन मुल्यांकित बोलपत्र स्वीकृत हुने हुदा लागत अनुमान तयारीमा भएको त्रुटिले खरिदलाई कम मात्र प्रभाव पर्ने गर्दथ्यो । तर सार्वजनिक खरिद ऐन २०६३ को दोश्रो संसोधन २०८३ ले बोलपत्रको हकमा न्युनतम मुल्यांकितलाइ नभएर नजिकको औषत कवोल अंक भएको लागत अनुमान भित्र रहेको बोलपत्र स्वीकृतिका लागि छनोट गर्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा सार्वजनिक निकायको त्रुटिका कारण गलत लागत अनुमान तयार भएमा बजार मुल्य भन्दा उच्च मुल्यमा बोलपत्र मार्फत गरिद हुनसक्ने जोखिम उच्च रहने देखिन्छ ।