मुल्यांकन तथा खरिद सम्झौता व्याख्यात्मक विश्लेषण Agreement

सफल बोलपत्रदाता छनोट र खरिद सम्झौता

August 25, 2026

मुल्यांकन समितिले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४७ (८) बमोजिम सार्वजनिक निकायको प्रमुख समक्ष मुल्यांकन प्रतिवेदन पेश भएपछी सो प्रतिवेदनमा सारभुत रुपमा प्रभावग्राही भनि खुलाइए बमोजिमको सफल बोलपत्रदाता छनोट गरि खरिद सम्झौताको तयारि निम्न बमोजिम गर्नुपर्छ । 

यसरी प्रतिवेदन पेश भएपछी सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) मा व्यवस्था भए बमोजिम सारभुत रुपमा प्रभावग्राही देखिएको बोलपत्र छनोट भएको सात दिनभित्र सार्वजनिक निकायले सम्बन्धित बोलपत्रदातालाइ निजको बोलपत्र स्वीकृत गर्ने आशयको सुचना दिनुपर्छ। 

यसरी सुचना दिएको सात दिनको अवधिभित्र कुनै बोलपत्रदाताले ऐनको दफा ४७ बमोजिम सार्वजनिक निकायको प्रमुख समक्ष निर्णय पुनरावलोकनका लागि उजुरी नगरेमा माथि उल्लेखित सारभुत रुपमा प्रभावग्राही भनि छनोट भएको बोलपत्रदाताको बोलपत्र स्वीकृत गरी निजलाइ १५ (पन्ध्र) दिनभित्र खरिद सम्झौता गर्नका लागि कार्यसंपादन जमानत दाखिला गर्न सुचना दिनुपर्नेछ । 

यसरी दाखिला गर्नुपर्ने कार्यसंपादन जमानतको रकम बोलपत्रदाताले कवोल गरेको रकमको ५ (पाँच) प्रतिशत हुनुपर्ने व्यवस्था सार्वजनिक खरिद ऐन दोश्रो संसोधन २०६३ को दफा २७ मा नै रहेको छ । विगतमा यस्तो कार्य संपादन जमानत रकम गणना गर्ने छूट्टै सुत्र रहेकोमा हाल यसलाई सरल बनाइएको छ । 

पेश भएको कार्य संपादन जमानत बोलपत्र सम्बन्धी कागजातमा दिइएको नमुना बमोजिमको हुनुपर्छ । 

कार्यसंपादन जमानतको  नमुना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।