सार्वजनिक खरिद भनेको के हो ?
सार्वजनिक निकायहरुले आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने मालसमान, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवा खरिद गर्ने कार्य सार्वजनिक खरिद हो । यसरी गरीने खरिद कार्यको मार्गदर्शक कानुनको रुपमा नेपाल सरकारले सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शि, वस्तुनिष्ठ र विश्वसनीय बनाउन सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बनाई लागु गरेको छ। यो सार्वजकि खरिद कार्यका लागी मार्गदर्शक कानुनी व्यवस्थाका रुपमा रहिआएको छ। सार्वजनिक खरिद ऐनको दफा २(क) ले खरिदको स्पष्ट पभिाषा गरेको छ जसअनुसार खरिद भन्नाले सार्वजनिक निकायले यस ऐन बमोजिम कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कार्य सम्झनुपर्दछ भनी उल्लेख गरेको छ ।
सार्वजनिक निकाय नभएपनि प्रचलित काुनन बमोजिम दर्ता भएको संस्थाले सरकारी कोषको प्रयोग गरी खरिद गर्दा सो हदसम्म सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ को कार्यविधी पुरा गरि खरिद गर्नुपर्ने कानुनी व्यवस्था छ ।