बोलपत्र जमानत (Bid Security / Bid Bond) के हो ? कति रकमको हुन्छ र म्याद तथा ढाँचा कस्तो हुनुपर्छ ?
बोलपत्रदाताले बोलपत्र पेश गर्दा जथाभावी रकम नराखोस, म्यादभित्र आफ्नो प्रस्ताव फिर्ता नलिओस् र ठेक्का स्वीकृत भएमा तोकिएको समयमै
सम्झौता गर्न आओस् भनी सुनिश्चित गर्न माग गरिने जमानत नै बोलपत्र जमानत हो ।
यो जमानतको रकम लागत अनुमानको २ देखि ३ प्रतिशत
रकमै तोकि बोलपत्र सम्बन्धी कागजातमा खुलाउनुपर्ने हुन्छ । यसको गणना “औजारहरु” भित्र गएर लागत
अनुमान रकम खुलाइ यसै वेभसाइटबाट गर्न सकिन्छ ।
म्याद सम्बन्धी ध्यान दिनुपर्ने विषय: बोलपत्र जमानतको मान्य अवधी बोलपत्रको मान्य अवधि (Bid Validity Period) भन्दा कम्तीमा ३० दिन बढी हुनुपर्छ।
सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार १० करोड रुपैया सम्म लागत अनुमान भएको बोलपत्रको मान्य अवधि ९० दिन र १० करोड भन्दा बढी लागत अनुमान भएको बोलपत्रको मान्य हुने अवधि १२० दिन हुन्छ । बोलपत्र जमानतको मान्य हुने अवधि बोलपत्रको मान्य हुने अवधि भन्दा ३० दिन बढि हुनुपर्ने कानुनी व्यवस्था छ । त्यसैले १० करोड सम्म लागत अनुमान भएको खरिदका लागि बोलपत्र जमानतको मान्य हुने अवधि कम्तिमा १२० दिन (९०+३०) र १० करोड भन्दा बढि लागत अनुमान भएकको खरिदको लागि बोलपत्र जमानतको मान्य हुने अवधि कम्तिमा १५० दिन (१२०+३०) हुनुपर्छ ।
बोलपत्रको मुल्यांकनका क्रममा यसको बैंकबाट भेरिफिकेसन
भएको हुनुपर्छ भने तोकिए बमोजिम को अवधी रकम तथा शर्तहरु समेत कार्यालयले विक्रि
गर्ने बोलपत्र सम्बन्धी कागजातको नमुना भन्दा फरक नहुने गरी जारी भएको शुनिश्चित
गर्नुपर्छ ।