सार्वजनिक खरिदको परिचय व्याख्यात्मक विश्लेषण जमानत

कार्यसम्पादन जमानत (Performance Security) के हो , किन राखिन्छ, कति रकम र समयको हुनुपर्छ ?

April 16, 2026

बोलपत्रदाताले ठेक्का सम्झौताका शर्तहरु पूर्ण रुपमा पालना गरी तोकिएको गुणस्तर र समयमा काम सम्पन्न गर्नेछ भन्ने सुनिश्चित गर्न खरिद सम्झौताको समयमा माग गरिने जमानत कार्य संपादन जमानत हो । कार्यसंपादन जमानत रकम सामान्य अवस्थामा कबोल अंकको ५ प्रतिशत हुने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दोश्रो संसोधन २०८३ बाट भएको छ । निर्माण कार्यको बोलपत्रको विशेष मुल्यांकन भएको अवस्थामा बाहेक यो कवोल अंकको पाँच प्रतिशत हुने र यसको नमुना बोलपत्र सम्बन्धी कागजातमानै दिइएको हुन्छ । यसमा ध्याद दिनुपर्ने महत्वपुर्ण विषय भनेको यसको मान्य हुने् अवधि वा म्याद त्रुटी सच्याउने अवधि भन्दा कम्तीमा एक महिना बढि हुनुपर्छ । दोश्रो महत्वपुर्ण विषय यो निशर्त हुनुपर्छ । कुनै अवस्था पुरा भएमा मात्र जमानतको दावि भुक्तानी गरिनेछ भन्ने जस्ता शर्त भएको कार्यसंपादन जमानत स्वीकार गर्नु हुदैन ।