खरिद पुर्वको तयारी तथा खरिद योजना व्याख्यात्मक विश्लेषण योजना

वार्षिक खरिद योजना तयारी तथा स्वीकृती

August 19, 2026

सार्वजनिक खरिद ऐन २०६३ को दफा ले सार्वजनिक निकायले तोकिएको सीमाभन्दा बढी रकमको खरिद गर्दा तोकिए बमोजिम खरिदको गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्नु पर्नेछ भन्ने  व्यवस्था गरेको छ । 

यसका आधारमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८ मा वार्षिक दश लाख रुपैया भन्दा बढी रकमको खरिद गर्नुपर्ने भएमा आगामी  आर्थिक वर्षको अनुमानित  वार्षिक कार्यक्रम तथा बजेट तयार गर्दा आगामि आर्थिक वर्षमा गर्ने वार्षिक खरिद योजना तयार गर्नुपर्नेछ । त्यसरी खरिद योजना तयार गर्दा नियम ७ बमोजिम खरिदको गुरुयोजना समेत तयार भएको रहेछ भने त्यस्तो गुरुयोजना समेत आधार  लिनुपर्नेछ भन्ने व्यवस्था रहेको छ । 

यसरी तयार भएको वार्षिक खरिद योजनाको एक एक प्रति आगामी आर्थिक वर्षको अनुमानित वार्षिक कार्यक्रम तथा बजेट साथ संलग्न गरी तालुक कार्यालय र अर्थ मन्त्रालयमा पठाउनु पर्छ ।

सार्वजनिक निकायको प्रमुखले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम  तथा बजेट प्राप्त भएपछि सो अनुरुप यो नियम बमोजिम तयार भएको वार्षिक खरिद योजना परिमार्जन गरि स्वीकृत गर्नु पर्नेछ र त्यस्तो योजनाको एक एक प्रति तालुक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउनु पर्नेछ ।  

यसको मुल सार निम्न बमोजिम छन । 

तयारी र सीमा

  • खरिद सीमा: वार्षिक रु. १० लाखभन्दा बढी रकमको खरिद गर्दा वार्षिक खरिद योजना अनिवार्य।
  • समय: आगामी आर्थिक वर्षको अनुमानित बजेट तयार गर्दा नै योजना तयार गर्नुपर्ने।
  • आधार: खरिदको गुरु योजना बनेको भए सोही गुरु योजनालाई मुख्य आधार मान्नुपर्ने।
  • स्वीकृत : कार्यालय  प्रमुखबाट बजेट तथा कार्यक्रम स्वीकृत भएपछी स्वीकृत गर्नुपर्ने।
  • जानकारी : तालुक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय  र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई । 

वार्षिक खरिद योजनाको  Excel Template डाउनलोड गर्नुहोस ।