खरिदको गुरुयोजना तयारी तथा स्वीकृती
सार्वजनिक खरिद ऐन २०६३ को दफा (६) ले खरिद योजना तयार गर्नुपर्ने भन्ने व्यवस्था अन्तरगत सार्वजनिक निकायले तोकिएको सिमाभन्दा बढी रकमको खरिद गर्दा तोकिए बमोजिमको खरिदको गुरुयोजना (मास्टर प्रोक्युरमेन्ट प्लान) समेत तयार गर्नुपर्ने व्यवस्था गरेको छ ।
सोहि आधारमा सार्वजनिक खरिद नियमावलीको नियम (७) मा खरिदको
गुरुयोजना तयार गर्नुपर्ने व्यवस्था गरिएको छ । जसमा सार्वजनिक निकायले एक
वर्षभन्दा बढी अवधिसम्म सञ्चालन हुने योजना वा आयोजनाका लागि खरिद गर्दा वा
वार्षिक दश करोड रुपैया भन्दा बढि रकमको खरिद गर्दा खरिदको गुरुयोजना तयार
गर्नुपर्ने व्यवस्था रहेको छ।
विगतमा खरिदको गुरुयोजना विगतमा सम्बन्धित सचिवबाट
स्वीकृत हुनुपर्ने ( अन्य सार्वजनिक निकायको हकमा सम्बन्धित
सार्वजनिक निकायको खरिद विनियममा व्यवस्था भएको अधिकारीबाट स्वीकृत हुनुपर्ने ) व्यवस्था
रहेकोमा सार्वजनिक खरिद नियमावली २०६४ को (सोह्रौ
संसोधन) २०८३ ले खरिदको गुरुयोजना
स्वीकृतिको समेत रकम अनुसारको तपसिल बमोजिमको सिमा तोकेको छ ।
गुरुयोजना स्वीकृतीको सीमा
- पच्चिस
करोड रुपैया सम्मको भए राजपत्रांकित दितीय श्रेणीको कार्यालय प्रमुखबाट,
- पच्चिस
करोड रुपैया भन्दा बढी पचास करोड रुपैया सम्मको भए राजपत्रांकित प्रथम
श्रेणीको कार्यालय प्रमुखबाट,
- पचास करोड रुपैया भन्दा बढी एक अर्ब रुपैया सम्मको भए सम्बन्धित विभागीय प्रमुखबाट,
- एक अर्ब रुपैया भन्दा बढीको भए सम्बन्धित मन्त्रालयको सचिवबाट ।
खरिदको गुरुयोजनाको नमुना यहाँबाट डाउनलोड गर्नुहोस।